वेबटिभी खबर
कर्णाली । कर्णाली प्रदेशकी सभामुख नन्दा गुरुङले मुलुकको विकास र समृद्धिमा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताएकी छन् ।
प्रदेशसभा सचिवालयले गरेको पत्रकार भेटघाट कार्यक्रममा सभामुख गुरुङले प्रेस जगत् लोकतन्त्रको विकास र सुदृढीकरणको महत्वपूर्ण पक्ष भएको बताएकी हुन् ।
उनले पत्रकार र संसदबीचको सम्बन्ध नङ र मासुको जस्तो भएको जनाइन । कर्णाली भूगोल, शिक्षा र स्वास्थ्यका हिसाबले पछि परेको बताउँदै यहाँको विकासमा सबै सरोकारवालालाई जिम्मेवार बनाउन सञ्चार क्षेत्रले असल पहरेदार भएर काम गर्नेमा विश्वस्त रहेको उनको भनाइ थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij