Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

प्रधानमन्त्रीलाई हाइड्रोजन गाडी दिएका थियौँ, स्टार्ट नहुँदै हामफाल्नुभयो : राजेन्द्र लिङ्देन

प्रधानमन्त्रीलाई हाइड्रोजन गाडी दिएका थियौँ, स्टार्ट नहुँदै हामफाल्नुभयो : राजेन्द्र लिङ्देन

  • 250
    SHARES
  • प्रधानमन्त्रीलाई हाइड्रोजन गाडी दिएका थियौँ, स्टार्ट नहुँदै हामफाल्नुभयो : राजेन्द्र लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गाडी फेरिरहने ड्राइभरको संज्ञा दिएका छन् ।

    सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतमाथिको छलफलमा लिङ्देनले अनुभवी ड्राइभर ठानेर प्रधानमन्त्रीलाई हाइड्रोजन गाडी दिएकाे तर स्टार्ट नहुँदै प्रधानमन्त्रीले गाडी स्टार्ट नहुँदै हामफालेकाे बताएका हुन् ।

    मुलकलाई अघिबढाउन सहमतिका साथ आफुहरू एकसाथ रहँदा प्रधानमन्त्रीले सहमति तोडेपछि आफुहरूले साथ छाडेको उनकाे भनाइ छ । उनले प्रधानमन्त्रीले बाटो नै फेरेपछि लाचार भएर सरकारमा बसिरहन अनुचित हुने ठान्दै इमान्दारीता साथ समर्थन फिर्ता लिएको बताए । 

    उनले प्रधानमन्त्रीलाई नयाँ यात्राका लागि शुभकामना दिँदै सरकारमा सहकार्य गर्न नसकेपनि अन्य राष्ट्रियताका बिषयमा सहकार्य गर्न सकिने उल्लेख गरे । उनले सबैलाई सरकारमा लिएर जाने र सबैलाई भागबण्डा गर्ने परिकल्पना अहिलेको व्यवस्थाले नगरेको बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij