Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

घरमै पुगेर अपांगता परिचयपत्र वितरण

घरमै पुगेर अपांगता परिचयपत्र वितरण

  • 268
    SHARES
  • घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    तनहुँ । तनहुँको व्यास नगरपालिकाले अपांगता भएका व्यक्तिका लागि परिचयपत्र वितरण कार्यलाई तीव्रता दिएको छ । नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले अति अशक्त भएका व्यक्तिलाई घरमै पुगेर अपांगता परिचयपत्र वितरण गरेका छन् ।

    उपप्रमुख दरैले शुक्रबार लामो समयदेखि ओछ्यान पर्नुभएकी व्यास-१२ का ५४ वर्षीया चिजामाया क्षेत्रीलाई घरमै पुगेर अपांगता परिचयपत्र वितरण गरेका हुन् । अति अशक्त अवस्थाकी चिजामायालाई उपप्रमुख दरैले घरमै पुगेर ‘क’ वर्ग (अति अशक्त)को परिचयपत्र दिएका छन् ।

    अति अशक्त भएका व्यक्तिलाई पालिकासम्म पुग्न समस्या हुने भएकाले घरमै पुगेर परिचयपत्र वितरण गरिएको उनले बताए । स्थानीय तहको सेवा घरघरमा पुगेर गर्दा सिंहदरबारको सेवा पाएजस्तो अनुभूति दिलाउनुपर्छ भन्ने मान्यता रहेको उनको भनाइ छ ।

    नगरपालिकाको शिक्षा तथा सामाजिक विकास शाखा महिला, बालबालिका तथा सामाजिक उपशाखा प्रमुख राधा आचार्यले पालिका वा वडासम्म पुग्न सक्ने व्यक्तिलाई बोलाइने र अति अशक्तलाई घरमा नै पुगेर सेवा प्रवाह गर्दै आएको जानकारी दिए ।

    उनका अनुसार अति अशक्त अवस्थाका अपांगता भएका व्यक्तिलाई घरमै पुगेर परिचयपत्र प्रदान गरिएको छ । त्यस्तै व्यास-१० का ५२ वर्षीय दानबहादुर दरैलाई अति सशक्त परिचयपत्र विरतण गरिएको छ ।

    अपांगता भएका व्यक्तिलाई सहज रुपमा सेवा प्रवाह गर्न घरमै पुगेर परिचयपत्र प्रदान गरिएको हो । घरमै आएर सेवा परिचयपत्र दिँदा सिंहदरबारको सेवा घरघरमा आएको महसुस भएको दानबहादुर बताए ।

    उनले भने, ‘हिँड्डुल तथा शौचका लागिसमेत जान नसक्ने अशक्त व्यक्तिलाई सहयोग पुगेको छ, यसमा हाम्रो पनि कोही छ भन्ने लागेको छ ।’ शाखाप्रमुख आचार्यका अनुसार हालसम्म नगरपालिकाभित्रका आठ सय पाँच जनालाई विभिन्न वर्गका अपांगता परिचयपत्र वितरण गरिएको छ ।

    नगरपालिकाका आठ सय पाँचजनालाई क, ख, ग र घ वर्गको परिचयपत्र वितरण गरिएको जनाइएको छ । हाल परिचयपत्र वितरणको कार्यक्रम भइरहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij