Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

यूएईले दियो नेपाललाई १५० भेन्टिलेटरसहित १२ टन स्वास्थ्य सामग्री

यूएईले दियो नेपाललाई १५० भेन्टिलेटरसहित १२ टन स्वास्थ्य सामग्री

  • 752
    SHARES
  • यूएईले दियो नेपाललाई १५० भेन्टिलेटरसहित १२ टन स्वास्थ्य सामग्री

    काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले कोरोना भाइरसको दोस्रो लहरविरूद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

    यूएईस्थित नेपाली दूतावासका अनुसार यूएई सरकारले १५० भेन्टिलेटरसहित १२ टन अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको हो । उक्त स्वास्थ्य सामग्री एक विशेष विमानमार्फत बुधबार काठमाडौं पठाइएको दूतावासले जनाएको छ ।

    केही दिनअघि मात्र परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र यूएईका परराष्ट्र मामिला तथा अन्तर्राष्ट्रिय सहायता मन्त्रालयका अहमद बिन अली अल सायदबीच भएको भर्चुअल बैठकमा यूएईले चाँडै विशेष विमानमार्फत स्वास्थ्य सामग्री पठाउन लागेको जानकारी गराएको थियो ।

    युएई सरकारले गतवर्ष अप्रिलमा पनि नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij