Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

दोल्ती पावर कम्पनीको आईपीओमा आवेदन म्याद थप

दोल्ती पावर कम्पनीको आईपीओमा आवेदन म्याद थप

  • 511
    SHARES
  • दोल्ती पावर कम्पनीको आईपीओमा आवेदन म्याद थप

    काठमाडौं । दोल्ती पावर कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओमा आवेदन दिने म्याद थप भएको छ । स्थानीय बासिन्दाले कम्पनीको आईपीओमा चैत ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

    दोल्ती पावरले फागुन ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूका लागि आईपीओ निष्काशन गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आज फागुन २५ गते बिहीबारसम्म आवेदन दिन सक्नेछन् ।

    यस आईपिओमा मागभन्दा बढी आवेदन परेमा समयअघि नै निष्काशन तथा बिक्री बन्द गर्ने कम्पनीले जनाएको छ । उक्त आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

    कम्पनीले प्रतिकित्ता १०० रूपैयाँको दरले ५ लाख ३६ हजार कित्ता साधारण शेयर स्थानीयलाई बिक्री खुला गरेको हो । सोमध्ये आयोजना अति प्रभावित क्षेत्र दैलेख जिल्लाको नोमुले र कालिका गाविसमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूको लागि २ लाख ६८ हजार २४३ कित्ता छुट्याएको छ ।

    साथै कम्पनीले सर्वसाधारणहरुका लागि निष्कासन हुने कित्ताको १० प्रतिशत अर्थात १ लाख ७ हजार २९८ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको हो ।

    कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी आइआर डबल बी’ रेटिङ प्रदान गरेको छ । यसमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । यसमा बिक्री प्रबन्धकको एनआईसी एसीया क्यापिटलले गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij