Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

एक दम्पती झुन्डिएको अवस्थामा फेला

एक दम्पती झुन्डिएको अवस्थामा फेला

  • 396
    SHARES
  • एक दम्पती झुन्डिएको अवस्थामा फेला

    ओखलढुंगा । ओखलढुंगामा एक वृद्वा दम्पती रूखमा झुन्डिएको अवस्थामा फेला परेका छन ।

    जिल्लाको मोलुङ गाउँपालिका-२ लामीडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी ६९ वर्षकी श्रीमती बेदुका दाहाल घर नजिकैको रूखमा झुन्डिएको अवस्थामा फेला परेका हुन ।

    घरबाट करिब दुई सय मिटर पूर्वमा फणिन्द्रबहादुर सार्कीको बारीमा खनिउको रूखमा श्रीमान् र करिब ४० मिटर पर सिरिसको रूखमा श्रीमती झुन्डिएको अवस्थामा फेला परेको प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

    आत्महत्या वा हत्या के हो भन्ने विषयमा अनुसन्धान भइरहेको निरीक्षक दासले बताए । घटना शंकास्पद रहेको र दाहालदम्पतीका छोराछोरी काठमाडौंमा रहेकाले परिवारका सदस्य आएपछि थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij