Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

बहिनीमाथि यौन हिंसा गरेको आरोपमा दिदी पक्राउ

बहिनीमाथि यौन हिंसा गरेको आरोपमा दिदी पक्राउ

  • 427
    SHARES
  • बहिनीमाथि यौन हिंसा गरेको आरोपमा दिदी पक्राउ

    काठमाडौं । भक्तपुरमा आफ्नै नाबालिग बहिनीमाथि यौन हिंसा गरेको आरोपमा दिदी पक्राउ परेकी छिन ।

    बहिनीसँग यौनजन्य गतिविधि गर्दै त्यसको भिडियो बनाएर पुरुष साथीलाई पठाएको आरोपमा महिलालाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसर सूचना अधिकारी कुमारप्रसाद मैनालीले जानकारी दिए ।

    मैनालीकाअनुसार बहिनीसँग यौनजन्य गतिविधि गरेर सोको भिडियो बनाएर आफ्नो पुरुष साथीलाई जिमेलमार्फत पठाएको खुल्न आएको छ । पक्राउ परेकी महिलामाथि थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

    यसअघि गत जेठ ६ गते इन्टरपोल्स क्राइम एगेष्ट चाइल्ड युनिटबाट बालिकालाई यौन दुरुपयोग गरेकोसम्बन्धी सूचना नेपाल प्रहरीको इन्टरपोल शाखाको प्राप्त भएको थियो ।

    प्रहरी प्रधान कार्यालय साइवर व्युरोबाट प्रारम्भिक अनुसन्धन भई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी परिसमा गत २० पुसमा  प्राप्त भई अनुसन्धान थालेको परिसले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij