वेबटिभी खबर
काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले यूएईविरूद्ध ब्याटिङ गर्ने भएको छ । अजमानको इडन ग्रार्डेन ओभलमा नेपालले टस जितेर पहिले ब्याटिङको निर्णय लिएको हो ।
लगातार चार खेलमा जित निकालेको नेपाल आजको खेलमा यूएईसँग सहज जित निकाल्दै विश्वकपमा छनोट हुने योजनामा छ । समान चार खेल खेलेका नेपाल र यूएईको समान अंक छ । त्यसैले नेपाललाई आजको खेलमा जित आवश्यक छ ।
नेपाल र युएईबीचको खेलको विजेता टोली प्रतियोगिताको च्याम्पियन बन्दै २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij