Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

राष्ट्रपति निर्वाचनकाे लागि कांग्रेस सभापति देउवाले मागे एमाले अध्यक्ष ओलीसँग भाेट

राष्ट्रपति निर्वाचनकाे लागि कांग्रेस सभापति देउवाले मागे एमाले अध्यक्ष ओलीसँग भाेट

  • 261
    SHARES
  • राष्ट्रपति निर्वाचनकाे लागि कांग्रेस सभापति देउवाले मागे एमाले अध्यक्ष ओलीसँग भाेट

    काठमाडाैं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति निर्वाचनकाे लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाउँदै भोट मागेका छन् ।

    देउवाले आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलका लागि ओलीसँग भोट मागेका हुन् । देउवाले भोट मागेको पत्र नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार अपराह्न ओली निवास बालकोट पुगेर बुझाएका थिए ।

    नेकपा एमालेका अध्यक्ष ओलीले भने कांग्रेस बाहेकका दल र स्वतन्त्र उम्मेदवारहरुलाई पत्र पठाएर राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङका लागि भोट मागेका थिए ।

    यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका पौडेल र नेकपा एमालेका उपाध्यक्ष नेम्वाङ उम्मेदवार छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij