Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

मेरी बास्सैमा फेरी जोडिए माग्ने बुढा, थपिइन बेनिसा हमाल

मेरी बास्सैमा फेरी जोडिए माग्ने बुढा, थपिइन बेनिसा हमाल

  • 354
    SHARES
  • मेरी बास्सैमा फेरी जोडिए माग्ने बुढा, थपिइन बेनिसा हमाल

    काठमाडौं  ।  हास्य टेलिश्रृंखला मेरी बास्सैमा हाँस्यकलाकार माग्ने बुढा उर्फ केदार घिमिरे फेरि देखिने भएका छन्।

    आज मंगलबार प्रशारण हुने मेरी बास्सैमा माग्ने बुढाकै भूमिकामा घिमिरे प्रस्तुत हुने मिडिया हवले जनाएको छ ।

    मिडिया हबले केदार घिमिरे र बेनिशा हमाल समावेश मेरी बास्सैको पोष्टर सार्वजनिक गरेर माग्ने बुढा फेरि मेरी बास्सैमा समावेश हुन लागेको जानकारी दिएको छ ।

    मेरी बास्सैको मंगलबारको श्रृंखलामा केदार घिमिरेसँगैं बेनिशा हमाल पनि देखिनेछिन् । मेरी बास्सै माग्ने बुढालाई चिनाएको टेलिफिल्म हो। उनलाई यसै टेलिफिल्मले माग्ने बुढाका रुपमा परिचय दिएको थियो। 

    आफूलाई परिचय दिएको टेलिफिल्ममा फेरि देखिन पाउँदा उत्साहित भएको घिमिरेले बताएका छन्। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij