Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

चितवनमा इजरायली नागरिक मृत अवस्थामा फेला

चितवनमा इजरायली नागरिक मृत अवस्थामा फेला

  • 312
    SHARES
  • चितवनमा इजरायली नागरिक मृत अवस्थामा फेला

    चितवन । चितवनको रत्नगरमा एक जना इजरायली नागरिक मृत अवस्थामा फेला परेका छन् । मृतकको शव रत्ननगर नगरपालिका ६ स्थित हात्तीसार नजिकै फेला परेको हो ।

    हात्तीसारदेखि दक्षिणतर्फको जंगलमा अन्दाजी ३० वर्षे विदेशी पुरुष मृत अवस्थामा फेला परेपछि इलाका प्रहरी कार्यालय, टाँडीबाट खटिएको अनुसन्धान टोलीले उनको साथबाट सवारी लाइसेन्स फेला पारेको छ ।

    मृतक इजरायली नागरिक सामुएल बोइकानेर भएको प्रहरीले जनाएको छ । हात्तीको आक्रमणबाट उनको मृत्यु भएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान बढाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij