Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

महन्थ ठाकुरलाई राष्ट्रपतिको प्रस्ताव लिएर लोसपा नेता केपी ओली निवासमा

महन्थ ठाकुरलाई राष्ट्रपतिको प्रस्ताव लिएर लोसपा नेता केपी ओली निवासमा

  • 398
    SHARES
  • महन्थ ठाकुरलाई राष्ट्रपतिको प्रस्ताव लिएर लोसपा नेता केपी ओली निवासमा

    काठमाडौं । महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको उम्मेदवार बनाउनु पर्ने प्रस्ताव लिएर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का शीर्ष नेताहरू बालकोट पुगेका छन् ।

    ठाकुरसहित गएका लोसपाका नेताहरूले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग राष्ट्रपतिको साझा व्यक्तित्व ठाकुर हुने भन्दै प्रस्ताव गरेका थिए सोही प्रस्ताव लिएर साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवास पुगेका हुन् ।

    ‘प्रधानमन्त्रीलाई भेटेर सहमतिको राष्ट्रपति ठाकुरजीलाई बनाउन प्रस्ताव गरेका छौं, प्रधानमन्त्रीले सकारात्मक जवाफ दिनु भएको छ,’ सो पार्टीका नेता राजेन्द्र महतोले भने,‘राजनीतिक दलहरूसँग छलफल चलिरहेको र त्यसका लागि केही दिन बाँकी रहेको प्रधानमन्त्रीले बताउनु भएको छ, पार्टीले पनि भावी राष्ट्रपतिको नाम प्रस्ताव गर्न अधिकार आफूलाई दिएकाले अहिले नै निर्णयमा भने नपुगिसकेको बताउनुभयो र हामी निस्कयौं ।’

    उनका अनुसार ओलीसँग साँझ भेटेपछि भोली बिहान कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट तय भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij