Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

नबिल बैंक र महिला उद्यमी महासंघबीच भयो यस्तो साझेदारी

नबिल बैंक र महिला उद्यमी महासंघबीच भयो यस्तो साझेदारी

  • 350
    SHARES
  • नबिल बैंक र महिला उद्यमी महासंघबीच भयो यस्तो साझेदारी

    काठमाडौं । महिला उद्यमीलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्यसहित महिला उद्यमीको वित्तीय पहुँच विस्तारका लागि नबिल बैंक र महिला उद्यमी महासंघ (एफविन)बीच साझेदारी गरिएको छ ।

    साझेदारी पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा एफविनका तर्फबाट अध्यक्ष निरु रायमाझी खत्रीले हस्ताक्षर गरेका थिए ।

    यो समझदारीअन्तर्गत नबिल बैंकले आफ्नो बैंकको शाखा कार्यालयमा महिला उद्यमीका उत्पादनका लागि स्टल उपलब्ध गराउने भएको छ ।

    एफविन अन्तर्गतका महिला उद्यमीलाई नबिल बैंकको नबिल सामाजिक उद्यमशीलता (एनएसएसई) कार्यक्रमसम्बन्धी जानकारी तथा तालिममा सहभागी गराउने साझेदारीमा उल्लेख छ ।

    समझदारीअनुसार पहिलो चरणमा एफविनले हरेक महिना एकपटक नबिल बैंकको केन्द्रीय कार्यालयमा स्टलहरू लगाउने छ । यो स्टलमा नेपाली उद्यमीद्वारा उत्पादित उत्पादन रहनेछन् ।

    यस प्रकारको नेपाली उत्पादनले नबिलका कर्मचारी र यसका ग्राहकको नेपाली उत्पादनप्रति सकारात्मक व्यवहार परिवर्तन गर्न मद्दत गर्ने अपेक्षा राखिएको छ ।

    वित्तीय पहुँच, उद्यमशीलता र वित्तीय साक्षरता तालिमले महिला सशक्तीकरणलाई बढावा दिने विश्वास राखिएको छ । यस साझेदारीअन्तर्गत दिगो विकासका १, ५, ८ र १७ नम्बरका लक्ष्य समेटिनेछन् ।

    नेपाल सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले ०७८ असार १५ गते धान दिवसको दिन दिगो बैंकिङको सुरुवात गरेको हो । सुरुमा १७ वटा शाखाबाट सुरु गरेको दिगो बैंकिङ सेवा बैंकले हाल १०० शाखामा विस्तार गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij