वेबटिभी खबर
सांकेतिक तस्बिर
लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ जिल्लामा सन् २०२२ मा १५ हजार ९०० विदेशी पर्यटक भित्रिएका छन् । तीमध्ये १० हजार ३६४ पुरुष र ५ हजार ५३६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङले जनाएको छ ।
अन्नपूर्ण पदमार्गमा २०२२ को जनवरीमा ४१, फेब्रुअरीमा १६९, मार्चमा १ हजार २३१, अप्रिलमा २ हजार ३८२, मेमा १ हजार ९६, जुनमा १९५, जुलाईमा १९६, अगस्टमा ३६७, सेप्टेम्बरमा २ हजार ९२, अक्टोबरमा ४ हजार ६५४, नोभेम्बरमा २ हजार ९८१ र डिसेम्बरमा ४९९ पर्यटक चक्रीय अन्नपूर्ण पदमार्ग घुम्न आएको एक्यापको तथ्यांकमा छ ।
सन् २०१७ बाट पर्यटक आगममा वृद्धि हुँदै गर्दा सन् २०२० मा कोरोना संक्रमणका कारण पदमार्ग क्षेत्र नै प्रभावित भएको थियो ।
अन्नपूर्ण पदमार्गमा विशेष गरी इजरायल, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेलायत, अमेरिकी पर्यटक आउने गर्छन् । लमजुङ सदरमुकाम बेँसीसहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारका रूपमा चिनिन्छ ।
बेँसीसहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत तथा मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij