Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

स्कटल्याण्डले नामिबियालाई हरायाे, कसको कस्तो प्रदर्शन ? 

स्कटल्याण्डले नामिबियालाई हरायाे, कसको कस्तो प्रदर्शन ? 

  • 287
    SHARES
  • स्कटल्याण्डले नामिबियालाई हरायाे, कसको कस्तो प्रदर्शन ? 

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टूको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको छ ।

    टियू क्रिकेट मैदानमा बुधबार ओपनर जर्ज मुन्सेको सानदार शतकसँगै स्कटल्याण्डले नामिबियालाई १० विकेटले पराजित गरेको हो ।

    नामिबियाले दिएको १ सय ५४ रनको लक्ष्य स्कटल्याण्डले २२.१ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्यो ।

    स्कटल्याण्डको जितमा मुन्सेले ६१ बलमा १२ चौका र ७ छक्काको सहयोगमा अविजित १ सय ३ रनको शतकीय ईनिङ खेले ।

    यस्तै केली कोट्जरले ७२ बलमा ७ चौका सहयोगमा अविजित ४६ रन बनाए । त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले ३९.२ ओभरमा अलआउट भएर १ सय ५३ रन बनाएको थियो ।

    नामिबियाका लागि लोह्यान्डरी लोरेन्स ५४ रनमा आउट भएका थिए ।

    यसअघि मंगलबार भएको खेलमा नेपालले नामिबियालाई पराजित गरेको थियो । मंगलबारबाट सुरु त्रिकोणत्मक सिरिज फागुन ९ गतेसम्म संचालन हुनेछ ।

    सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ । 

    tu cricket.jpg
     

     

  • सम्बन्धित विषय:

  • # क्रिकेट

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij