Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

सरकारले संसदीय प्रक्रिया र लोकतान्त्रिक बाटो मासेको विपक्षी गठबन्धनको आरोप

सरकारले संसदीय प्रक्रिया र लोकतान्त्रिक बाटो मासेको विपक्षी गठबन्धनको आरोप

  • 1.3K
    SHARES
  • सरकारले संसदीय प्रक्रिया र लोकतान्त्रिक बाटो मासेको विपक्षी गठबन्धनको आरोप

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आइतबार बिहानबाट बसेको विपक्षी गठबन्धनको छलफल सकिएको छ । विपक्षी गठबन्धनको बैठकले प्रतिनिधिसभा विघटन गरी सरकारले अध्यादेशमार्फत बजेट ल्याएर संविधान उल्लंघन गरेको निचोड निकालेको छ । 

    बूढानीलकण्ठमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका माधव नेपालपक्ष, जनता समाजवादी पार्टी नेपालका उपेन्द्र यादवपक्ष र राष्ट्रिय जनमोर्चाबीच भएको छलफलमा नेताहरुले प्रतिनिधिसभाबाट ल्याउनुपर्ने बजेट सिधै अध्यादेशबाट ल्याएर संसदीय प्रक्रिया र लोकतान्त्रिक बाटोलाई सरकारले मासेको आरोप लगाएका छन् ।

    अध्यादेशबाट बजेट ल्याएको विरोधमा संयुक्त विज्ञप्तिमार्फत आपत्ति जनाइने धारणा सर्वजनिक गर्न लागिएको बैठकमा सहभागी जसपाका एक नेताले जानकारी दिए । कोभिडकाे रोकथामका लागि सरकारको अकर्मण्यता,संविधान र लोकतन्त्रविरोधी गतिविधिविरुद्ध विरोधमा उत्रिनेलगायतका निर्णय छलफल भएको ती नेताले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij