वेबटिभी खबर
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा विपक्षी दलका शीर्ष नेताको बैठक सुरु भएको छ ।समसामयिक राजनीतिक विषयमा साझा धारणा बनाउने उदेश्यले बैठक बसेको हो ।
कामचलाउ सरकारले अध्यादेशबाट बजेट ल्याएको, प्रतिनिधिसभा विघटन भएकोलगायतका विषयमाथि बैठकमा छालफल गरेर आगामी रणनीति बनाउने तयारी विपक्षी गठबन्धनको छ ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका उपेन्द्र यादव र बाबुराम भट्टराई सहभागी छन् । कांग्रेस, माओवादी, जसपा र एमाले नेपाल समूहका अन्य नेताहरु पनि बैठकमा सहभागी छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij