Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

बुस्टर डोज तत्काल व्यवस्था गर्न मन्त्री गिरीको निर्देशन

बुस्टर डोज तत्काल व्यवस्था गर्न मन्त्री गिरीको निर्देशन

  • 310
    SHARES
  • बुस्टर डोज तत्काल व्यवस्था गर्न मन्त्री गिरीको निर्देशन

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले कोरोना भाइरस संक्रमणका विरूद्धमा प्रयोग गरिने खोपको अतिरिक्त मात्र (बुस्टर डोज) तत्काल व्यवस्था गर्न निर्देशन दिएका छन् ।

    स्वास्थ्य सेवा विभागको आज अनुगमनका क्रममा उनले खुला सिमानाका कारण नेपालमा कोरोना भाइरस संक्रमण थप फैलिनसक्ने भन्दै बुस्टर डोजलाई छिटोभन्दा छिटो लगाउने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

    ‘बुस्टर डोज लगाउन ढिला भइसक्यो । किन ढिला भयो,’ मन्त्री गिरीले भने, ‘आवश्यक कार्ययोजना बनाएर तत्काल बुस्टर डोज लगाउनका लागि प्रबन्ध गर्नुहोस् ।’

    मन्त्री गिरीले खरिद प्रक्रिया धेरै संवेदनशील विषय भएकाले शतप्रतिशत पारदर्शिता हुने गरी काम गर्न निर्देशन दिए । भोलिका दिनमा कतै खरिद प्रक्रियाका सन्दर्भमा प्रश्न उठे स्वयम् जवाफदेही हुनुपर्ने उनको भनाइ थियो ।

    उनले स्वास्थ्य संस्था सूचना प्रविधिमैत्री बनाउन आग्रह गर्दै बिरामीले घरबाटै कुन अस्पतालमा कति सघन उपचार कक्ष (आइसीयु) शय्या खाली छ भनेर थाहा पाउनुपर्ने बताए ।

    ‘विभागले जति जनताप्रति उत्तरदायी भएर काम गर्छ त्यति नै जनताले स्वास्थ्य सेवा प्राप्त गर्न सक्छन्’, मन्त्री गिरीले भने । मन्त्री गिरीले विभागमा रहेका महाशाखाले आफूमा भएको कमिकमजोरी सुधार गर्दै सेवा प्रवाहलाई पारदर्शि र उत्तरदायी बनाउनुपर्नेमा जोड दिए ।

    उनले विभागबाट धेरै उपकरण अस्पतालमा पठाए पनि ती प्रयोग नभएको गुनासो आफूले सुन्ने गरेको भन्दै उपलब्ध उपकरणका बारेमा अवस्थाबुझि काम गर्न सम्बन्धित सबैलाई निर्देशन दिए । विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहले समग्र विभागको बारेमा जानकारी गराएका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij