Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

देउसी भैलोमा अश्लील नृत्य गर्ने दुई महिला प्रहरीको नियन्त्रणमा

देउसी भैलोमा अश्लील नृत्य गर्ने दुई महिला प्रहरीको नियन्त्रणमा

  • 38
    SHARES
  • देउसी भैलोमा अश्लील नृत्य गर्ने दुई महिला प्रहरीको नियन्त्रणमा

    काठमाडौं । नेपाली मौलिक कला, संस्कृति तथा सामाजिक मर्यादाविपरीत सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले दुई महिलालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार तिहार तथा भैलो कार्यक्रमका क्रममा सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

    राति करिब ११ बजे इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका-१० स्थित महिलावार बजारबाट उनीहरुलाई नियन्त्रणमा लिएको चन्दले बताए । प्रहरीका अनुसार नियन्त्रणमा पर्नेमा देवदह नगरपालिका-७ निवासी ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका-३ निवासी २९ वर्षीया प्राभी बस्नेत रहेका छन् ।

    उनीहरूले नेपाली मौलिक कला, संस्कृति, सामाजिक सद्भाव तथा नैतिकतामा प्रतिकूल असर पर्ने गरी सार्वजनिक स्थलमा अश्लील नृत्य प्रदर्शन गरेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच, जिल्ला प्रहरी कार्यालय रुपन्देहीले परम्परागत तिहार तथा भैलो कार्यक्रमका नाममा नेपाली मौलिक कला, संस्कृति र सामाजिक सद्भावको संरक्षण विपरीत स्वेच्छाचारी तथा अमर्यादित तरिकाले अश्लील नृत्य, गीत तथा संगीत प्रदर्शन नगर्न आग्रह गरेको छ । यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिँदै प्रहरीले सांस्कृतिक पर्वको मर्यादा कायम राख्न सबैमा अनुरोध गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij