वेबटिभी खबर
काठमाडाैं । काठमाडौं महानगरपालिकाले तीन महिनामा नौ हजार होर्डिङ बोर्ड हटाएको छ।
नियमविपरीत राखिएका र समयमै शुल्क नबुझाइएका होर्डिङ बोर्ड हटाइएको हो। महानगरलाई सुन्दर बनाइराख्ने लक्ष्यका साथ महानगरले बोर्ड हटाउन दैनिक नगर प्रहरीसहित चार टोली खटिएका छन।
विशेषगरी नयाँ बानेश्वर, कोटेश्वर, पुतलीसडक, बागबजार र महाराजगन्ज क्षेत्रका अनधिकृत बोर्ड हटाइएको महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारी जानकारी दिए।
उनका अनुसार गएको असोज ७ मा मापदण्डबमोजिम राख्न मिल्ने र त्यसमा लाग्ने शुल्कसमेत उल्लेख गरेको र सोहीअनुरुरूप नभएका बोर्डलाई ३० दिने सार्वजनिक सूचना जारी गरी सम्बन्धित संस्थालाई नै हटाउन आग्रह गरिएको थियो।
महानगरले आर्थिक ऐन, २०७९ बमोजिम ६ वर्ग फुटसम्मको वार्षिक रु. पाँच सय शुल्क निर्धारण गरेको छ। त्यसैगरी, १५ वर्ग फुटसम्मका लागि रु. एक हजार पाँच सय र १५ वर्ग फुटदेखि ३० वर्ग फुटसम्मका बोर्डको प्रतिवर्गफुट रु. एक हजार शुल्क निर्धारण गरेको छ। विभिन्न स्थानमा राखिएका बोर्डबाट असुलउपर हुने रकम व्यवसाय करअन्तर्गत पर्दछ। नयाँ पत्रिका दैनिकबाट
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij