Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

आत्मनिर्भर लघुवित्तले आइपीओ निष्कासन गर्दै

आत्मनिर्भर लघुवित्तले आइपीओ निष्कासन गर्दै

  • 359
    SHARES
  • आत्मनिर्भर लघुवित्तले आइपीओ निष्कासन गर्दै

    काठमाडौं । आत्मनिर्भर लघुवित्तले आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ खुला गर्न लागेको हो ।

    यस कम्पनीले सर्वसाधारण लगानी कर्तालाई फागुन ११ गतेदेखि र वैदेशिक रोजगारीमा रहेकालाई माघ १६ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको हो ।

    लघुवित्तले आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रूपैयाँको ३२.६२५ ले हुन आउने २ करोड ३ लाख ३८ हजार रूपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो ।

    यसमा फागुन १५ गतेसम्म सर्वसाधारणहरूले आवेदन दिन सकिनेछ भने कम्पनीले सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन २५ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।

    यसमा माघ १ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सकिनेछ । दुवैले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

    कम्पनीले प्रतिशेयर एक सय रूपैयाँअंकित मूल्यमा २ लाख ३ हजार ३८० कित्ता शेयर निष्कासन गर्ने भएको हो । जसमध्ये २० हजार ३३८ कित्ता शेयर अर्थात् १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन गर्न लागेको हो ।

    जारी पुँजीको ३ हजार ११७ कित्ता शेयर कर्मचारीहरू र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता शेयरका लागि आवेदन दिन सक्ने छ ।

    लगानीकर्ताले सि-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था अथवा मेरो शेयरमार्फत शेयर भर्न सक्नेछन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij