Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

कांग्रेसको मत एकातिर आँखा अर्कैतिर : योगेश भट्टराई

कांग्रेसको मत एकातिर आँखा अर्कैतिर : योगेश भट्टराई

  • 305
    SHARES
  • कांग्रेसको मत एकातिर आँखा अर्कैतिर : योगेश भट्टराई

    काठमाडौं । नेकपा (एमाले)का सचिव एवं सांसद योगेश भट्टराईले संसद्मा दिइएका अभिव्यक्तिले विश्वासको मत एकातिर आँखा अर्कैतिर भएको संकेत गरेको बताएका छन् ।

    बिहीबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसतर्फ लक्षित गर्दै भट्टराईले संसद्मा दिइएका अभिव्यक्तिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको विश्वासको मत एकातिर नजर अर्कैतिर भएको हुन सक्ने बताए ।

    ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिँँदै गर्दा संसद्मा गरिएको राजनीतिक टिप्पणीले विश्वासको मत एकातिर आँखा अर्कैतिर त होइन भन्ने प्रश्न उठाएको छ,’ भट्टराईले भने, ‘खैर, त्यस्तो हो भने पनि केही छैन । १० गते १२ बजेसम्म हामीले प्रधानमन्त्री, राष्ट्रपति केही पनि खोजेका थिएनौँ । त्यो बनाउने ठाउँमा अरू नै हुनुहुन्थ्यो ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij