वेबटिभी खबर
पोखरा । पोखरा सेती नदीको खोँचमा आज बिहान भएको विमान दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले बताएका छन ।
शवहरू अस्पताल लगिएसँगै दिवंगत यात्रुका परिवारले अस्पताल परिसर भरिएको छ । अस्पताल परिसरमा दिवंगत यात्रुका परिवार शोकाकुल अवस्थामा छन् भने शवहरू अधिकांशः पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाइएको छ ।
दिउँसो २ः१५ बजेसम्म एक बच्चासहित ३० जनाको शव अस्पताल ल्याइएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा.डा.भरतबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार हालसम्म मृतकको शव पहिचान भइसकेको छैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij