Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

विमान दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय आयोग गठन

विमान दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय आयोग गठन

  • 283
    SHARES
  • विमान दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय आयोग गठन

    काठमाडौं । सरकारले आज बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय आयोग गठन गरेको छ ।

    आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो ।

    आयोगको सदस्यमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा रहेका छन् ।

    सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव वुद्धिसागर लामिछाने रहेका सरकारका प्रवक्ता उपप्रधानमन्त्री तथा अर्थमन्त्ती विष्णु पौडेलले जानकारी दिए ।

    बैठकले कारण पहिचान गरेर र आगामी दिनमा यस्ता दुर्घटना नदोहोरिने गरी आवश्यक सुझाव सहितको प्रतिवेदन दिन आयोगलाई ४५ दिनको समय तोकिएको मन्त्री पौडेलले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij