Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

विपक्षी गठबन्धनका नेताबीच सिंहदरबारमा छलफल जारी

विपक्षी गठबन्धनका नेताबीच सिंहदरबारमा छलफल जारी

  • 683
    SHARES
  • विपक्षी गठबन्धनका नेताबीच सिंहदरबारमा छलफल जारी
    काठमाडौं । प्रतिनिधिसभा विघटनको विपक्ष र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बहुमत सदस्यको दाबीसहित रिट दायर गरेका विपक्षी गठबन्धनका शीर्ष नेताहरुबीच छलफल जारी छ ।
     
    सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एमालेबाट निष्काशित माधव नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरूको छलफलमा जुटेका हुन् ।
     
    शुक्रबार मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी मध्यावधि निर्वाचनको मिति घोषणा गरेपछि विकसित नयाँ राजनीतिक घटनाक्रमका विषयमा विपक्षी गठबन्धनका नेताहरुबीच छलफल जारी छ ।
     
    केही बेरअघि मात्रै माधव नेपाले ओलीको प्रवृत्ति सर्वसत्तावादी भएको ठहर गर्दै यस्तो प्रवृत्तिविरुद्ध एक हुन सामाजिक सञ्जालमार्फत सबैमा आह्वान गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij