वेबटिभी खबर
काठमाडौं । कोरोना भाइरस संक्रमणले निम्त्यएको परिस्थितिमा विभिन्न सहयोगका लागि शान्ति समाजले सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको छ ।
महासचिव रामकृष्ण बरालको संयोजनमा काठमाडौंमा सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको हो । कोभिड संकटका कारण निषेधाज्ञा जारी रहेको अवस्थामा मानव अधिकार तथा शान्ति समाजले अक्सिजन सिलिन्डर जुटाऔं जीवन बचाऔं अभियानसमेत सञ्चालन गरेको छ ।
उसै क्रममा समाजले १० थान सिलिन्डर संकलन गरी बिहीबार लुम्बिनी प्रदेशका स्वास्थमन्त्री भोजप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेको छ । उक्त सिलिन्डरहरु मन्त्रालयमार्फत अत्यावश्यक बिरामीका लागि कोभिड अस्पतालमा वितरण गरिने बताइएको छ ।
अहिलेको संकटपूर्ण अवस्थामा सेवालाई निरन्तरता दिँदै आएको समाजले बुधबार पशुपति क्षेत्रमा रहेका बाँदरहरुका लागि भिजेको चना र पाउरोटी र मंगलबार असहाय गाईबाछा संरक्षण अभियानलाई १६ हजार रुपैयाँ बराबरको खाद्य सामग्री प्रदान गरेको विज्ञप्तिमार्फत समाजले बताएको छ ।
गुहेश्वरी मन्दिर अगाडि रहेका सहयोगापेक्षीत व्यक्तिहरुलाई पाउरोटी, साँखुस्थित द्वन्द्वपीडित तथा अपांग समाजलाई २३ हजार रुपैयाँको खाद्य सामग्री सहयोग प्रदान गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
यस्तै जोरपाटी चोकमा मास्क, स्यानीटाइजर वितरण गरेको थियो भने शान्ति समाज सिरहा शाखाले पनि सुरक्षाकर्मीहरुलाई मास्क उपलब्ध गराएको थियो ।
यसै क्रममा अक्सिजन प्लान्ट शीघ्र स्थापनार्थ ध्यानाकर्षण गराउँदै जेठ ४ गते शान्ति समाजको प्रतिनिधिमण्डलले गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेसँग छलफल गरेको थियो भने बुटवलस्थित स्वास्थ्य प्रतिष्ठानका चिकित्सकहरुसँग कोभिड सम्बसम्बन्धी विषयमा छलफल गरेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij