वेबटिभी खबर
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लाेसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।
पुस २६ गते सरकारलाई विश्वासको मत दिनुपर्ने परिस्थितिका माझ सो पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक आइतबार बसेको हो ।
काठमाडौंको बबरमहलसिथत पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थितिका विषयकेन्द्रित छलफल भइरहेकाे छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij