वेबटिभी खबर
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार साझा यातायातको बिजुली बस चढेर ललितपुर जाने भएकी छन् ।
ललितपुरको पिम्बहालमा आयोजित एक कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी शीतल निवासबाट साझा बसमा चढेर पाटन आउन लागेको ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले जानकारी दिइन् ।
उनका अनुसार दिउँसो १ बजे पिम्बहालमा साझा यातायातले आयोजना गरेको कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी त्यहाँ जान लागेकी हुनु ।
राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन लगायतले स्वागत गर्ने कार्यक्रम रहेको उनले जानकारी पनि दिइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij