वेबटिभी खबर
काठमाडौं । कोरोना महामारीका बीच १३१ जना भेला भएर विमानमा विवाह गर्ने तमिलनाडुको मदुराईका एक जोडी अनुसन्धानको घेरामा परेका छन् ।
कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको मापदण्ड पालना गर्ने सबैलाई कारबाही गर्न नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ । साथै स्पाइस जेट एयरलाइन्सले पनि उक्त विमानका पाइलटलाई निलम्बन गरेर अनुसन्धान सुरू गरेकाे छ ।
नागरिक उड्डयन महानिर्देशकका अनुसार मिड एयर विवाह सम्बन्धमा पूर्ण प्रतिवेदन एयरलाइन्स र विमानस्थल प्राधिकरणबाट माग गरिएको छ ।
विमानस्थल प्राधिकरणका अनुसार स्पाइस जेटकाे बोइङ ७३७ विमान मदुराईदेखि बेङलोरसम्म यात्राको लागि भनेर एक ट्राभल एजेन्टले मदुराईबाट बुक गरिएको थियो । तर विमानमै विवाह गर्ने भन्ने बारेमा आफूहरुलाई जानकारी नभएको विमानस्थल प्राधिकरणले बताएको छ ।
सामाजिक सञ्जालमा भाइरल भएका भिडियोमा हवाईजहाजमा ती जोडी र अन्य सहभागीहरूको भिड देखिन्छ । राकेश र दीक्षाले आफ्नो विवाहलाई अविस्मरणीय बनाउन परिवारका सदस्यहरूको उपस्थितिमा विमानमा बिहे गर्ने योजना गरेका थिए । तमिलनाडुमा सरकारले ३१ मेसम्म लकडाउन लागू गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij