Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

विपक्षी गठबन्धनका सांसदको रिटमाथि आज सुनुवाइ नहुने

विपक्षी गठबन्धनका सांसदको रिटमाथि आज सुनुवाइ नहुने

  • 790
    SHARES
  • विपक्षी गठबन्धनका सांसदको रिटमाथि आज सुनुवाइ नहुने

    काठमाडौं । विपक्षी गठबन्धनका १४६ जना सांसदले सोमबार सर्वोच्च अदालतमा पेश गरेको रिट आज पेसीमा चढेको छैन । 

    नेपाली कांग्रेसका शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका पसष्पकमल दाहाल (प्रचण्ड), नेकपा एमालेका माधव नेपाल पक्ष, जनता समाजवादी पार्टी, नेपालका उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चासहित विघटित प्रतिनिधिसभाका १ सय ४६ सदस्यले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने, प्रधानमन्त्री शेरबहादुर देउवालाई बनाइनुपर्ने लगायतका आदेश माग्दै सोमबार रिट पेश गरेका थिए । 

    सर्वोच्च अदालतमा मंगलबार (आज) दुईटामात्र इजलास तोकिएका छन् । दुवैमा सोमबार दायर भएका प्रतिनिधिसभा विघटन, संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्तिसँग सम्बन्धित २८ वटा रिटको पेसी तोकिएको छैन ।

    मंगलबार तोकिएका दुई इजलासमध्ये दीपक कार्की र सपना प्रधान मल्लको बइजलासमा बन्दी प्रत्यक्षीकरण लगायतका ४ वटा मुद्दा छन् भने आनन्द मोहन भट्टराईको इजलासमा एउटा मुद्दा छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij