Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

भक्तपुरलाई सुरक्षित बनाउन हरेक दिन गस्ती गरिरहेका छौँ : प्रहरी

भक्तपुरलाई सुरक्षित बनाउन हरेक दिन गस्ती गरिरहेका छौँ : प्रहरी

  • 378
    SHARES
  • भक्तपुरलाई सुरक्षित बनाउन हरेक दिन गस्ती गरिरहेका छौँ : प्रहरी

    भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले सुरक्षित भक्तपुरका लागि दैनिक गस्ती टोली खटाइरहेको बताएका छन् ।

    परिसरले मंगलबार परिसरमा आयोजना गरेको पत्रकार भेटघाटमा भक्तपुरलाई सुरक्षित सहरको रुपमा स्थापित गर्न दैनिक गस्ती टोली खटाएको बताए ।

    परिसरका एसपी केसीले भक्तपुरलाई सुरक्षित स्थानको रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको बताए । परिणामस्वरूप अहिले भक्तपुरमा लुटपाटको घटनामा कमी आएको दाबी गरे ।

    उनले भने, ‘पहिला रातको समयमा बाटोमा हिड्दा मोबाइल, पैसा लुटिने घटना धेरै आउँथे । अब त्यस्ता घटना निकै कम छन् ।’

    विशेष गरि रातको समयमा ठाउँठाउँमा गस्ती प्रहरी टोली खटाएको उनको भनाइ छ । टोलीलाई प्रभावकारी रूपमा काम गराउन टोली प्रमुखले निगरानी गर्ने गरिरहेको उनले जनाए ।

    कार्यक्रममा परिसरका सूचना अधिकृत राजु पाण्डेले भक्तपुरमा लागूऔषध दुर्व्यसनकर्ता पक्राउको संख्यामा पनि कमी आएको बताए ।

    लागूऔषध प्रयोगकर्ता बस्ने क्षेत्रमा निगरानी गरी त्यहाँ उनीहरूलाई बस्नै नदिएकोले यस्तो घटनामा कमी आएको उनले बताए ।

    विशेष गरेर हनुमानघाट, राममन्दिरलगायतका स्थान तथा रातको समयमा अलि सुनसान र अध्यारो हुने सार्वजनिक पाटीमा विशेष निगरानी गरेर त्यस्ता क्षेत्रमा मानिसको जमघट नै नगराइराखएको उनले जनाए ।

  • सम्बन्धित विषय:

  • # भक्तपुर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij