वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारी थाल्न निर्वाचन आयोगलाई निर्देशन दिएका छन् ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा संविधान र कानूनमा व्यवस्था भएबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिकोृ निर्वाचन प्रक्रिया अघिबढाउन प्रधानमन्त्री प्रचण्डले आयोगका कर्मचारीहरूलाई निर्देशन दिएका हुन् ।
यसका साथै प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभा सदस्यको रिक्त रहेको पदमा निर्वाचन गर्नका लागि आवश्यक कदम अघि बढाउन पनि निर्देशन दिएक प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
साथै प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन, प्रदेशसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकोमा आयोगलाई धन्यवादसमेत व्यक्त गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij