Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

भ्रष्टाचार नियन्त्रण गर्न (टिआइ) को ध्यानाकर्षण

भ्रष्टाचार नियन्त्रण गर्न (टिआइ) को ध्यानाकर्षण

  • 353
    SHARES
  • भ्रष्टाचार नियन्त्रण गर्न (टिआइ) को ध्यानाकर्षण

    काठमाडौं । सुशासनको अभाव र भ्रष्टाचारले मुलुकको विकासमा अवरोध गरी लोकतन्त्रलाई सबल बन्न नदिएकाले भ्रष्टाचार नियन्त्रण गरिनुपर्नेमा जोड दिइएको छ ।

    ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपाल र यस संस्थासँग आबद्ध मुलुकभरका संस्थाको भेलाले नवगठित सरकारसँग भ्रष्टाचार नियन्त्रणको काम गर्न ध्यानाकर्षण गराएको हो ।

    हालै सम्पन्न आम निर्वाचनमा भ्रष्टाचार विरोधी जनभावना सशक्तरूपमा जाहेर भएको र निर्वाचन पछि गठित नयाँ सरकारले भ्रष्टाचार नियन्त्रण एवम् सदाचार प्रवर्द्धनका निम्ति कार्य गर्नुपर्ने टिआइ नेपालका अध्यक्ष पद्मिनी प्रधानांगले आज प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।

    सरकारले देश र जनताको अपेक्षानुरुप भ्रष्टाचार नियन्त्रण तथा सदाचार प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखी सशक्त एवम् प्रभावकारीरूपमा, स्पष्ट परिणाम देखिने गरी कार्य गरोस् भनी टिआइ नेपाल र सोसँग आबद्ध संस्थाको भेलाले माग गरेको उनले जानकारी दिइन् ।

    भेलामा महिला जागरण संघ इलाम, नागरिक सरोकार मञ्च मोरङ, संकल्प समुदायमा आधारित पुनःस्थापना नेपाल सुनसरी, मानव अधिकार र वातावरण विकास केन्द्र नेपाल उदयपुर, मानव अधिकार सचेतन तथा विकास केन्द्र दोलखा, भ्रष्टाचारविरूद्ध अभियान चितवनको कार्यक्रममा सहभागिता थियो ।

    यस्तै सुशासनका लागि नागरिक समाज पोखरा, पारदर्शी नेपाल सिद्धार्थनगर रूपन्देही, पारदर्शी सरोकार समूह बुटवल, सुशासन अभियान गुल्मी, बागेश्वरी असल शासन क्लब नेपालगञ्ज, नागरिक सरोकार संघ सुर्खेत, सदाचारका लागि सामाजिक पहल धनगढी, समाज कल्याण समाज दार्चुलाका प्रतिनिधिको भेलामा सहभागिता रहेको अध्यक्ष प्रधानांगले बताइन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij