वेबटिभी खबर
काठमाडौं । प्रतिनिधिसभा विघटनको विपक्षमा विपक्षी गठबन्धनले दायर गर्न लागेको रिटमा एक दर्जनभन्दा बढी कानुनविद्हरूले बहस गर्ने भएका छन् ।
कानुनविद्हरू बद्रीबहादुर कार्की, शम्भु थापा, रमन श्रेष्ठ, हरिहर दाहाल, रामनारायण बिडारीलगायतले बहस गर्नेछन् । यस्तै दलको तर्फबाट भीम रावल, पुष्पा भुसाल र रमेश लेखकले पनि बहस गर्नेछन् ।
विपक्षी गठबन्धनका नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतबाटै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी हुनुपर्ने माग गरेका छन् ।
सर्वोच्च अदालतमै १ सय ४९ जना सांसदसहित बहुमत दाबी गरेर देउवालाई प्रधानमन्त्री बनाउने मागसहितको रिट विपक्षी गटबन्धनले दर्ता गर्ने भएका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij