Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

ओली-ठाकुरबीच मन्त्रालयल बाँडफाँडमा कुरा मिलेन 

ओली-ठाकुरबीच मन्त्रालयल बाँडफाँडमा कुरा मिलेन 

  • 1.2K
    SHARES
  • ओली-ठाकुरबीच मन्त्रालयल बाँडफाँडमा कुरा मिलेन 

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई साथ दिने अडानमा रहेको जनता समाजवादी पार्टी नेपाल (महन्थ ठाकुरपक्ष)  र प्रधानमन्त्री ओलीबीच मन्त्रालय संख्याका विषयमा मतभिन्नता देखिएको छ । 

    जसपाका अध्यक्षसमेत रहेका ठाकुरले केन्द्रका ८ मन्त्रालय र २ राज्यमन्त्री मागेकोमा प्रधानमन्त्री ओली यसमा असहमत देखिएका हुन् ।

    नेकपा माओवादीबाट ओली नेतृत्वको सरकारमा रहेका सात जना मन्त्रीलाई सर्वोच्च अदालतले ६ जेठमा हटाएपछि रिक्त सोही मन्त्रालयमा ओलीले जसपाका सांसदलाई मन्त्रीको जिम्मेवारी दिने आश्वासन दिए पनि ठाकुरपक्षले कम्तिमा आठ मन्त्रालय पाउनुपर्ने अडान राखेको ठाकुरपक्षका एक केन्द्रीय नेताले बताए । 

    जसपाका धेरैजसो माग पूरा गरिदिएको भन्दै ठाकुरपक्षले ओली नेतृत्वको सरकारलाई साथ दिने भए पनि मन्त्रालयल भागबन्डामा कुरा नमिलेको हो । सोमबार ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमालेनिकट प्रेस चौतारीका पत्रकारहरूसँग अन्तरक्रिया गर्दै मन्त्रीमण्डल पुनःगठन गर्ने तर संवैधानिक व्यवस्थाअनुसार २५ भन्दा बढी मन्त्री राख्न नपाइने पनि उल्लेख गरेका थिए ।

    जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले भने ठाकुर-महतो पक्ष ओली नेतृत्वको सरकारमा भाग लिएको भन्दै कारबाही गर्ने तयारी गरिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij