वेबटिभी खबर
काठमाडौं । गुरूङ समुदायले शुक्रबार तमु ल्होसार पर्व मनाइरहेका छन् । गुरूङ समुदायले नयाँ वर्षको रूपमा ल्होसार पर्व मनाउने गर्छन् ।
काठमाडौं उपत्यकामा रहेका गुरूङ समुदायले टुँडिखेलमा भेला भएर यो पर्व मनाइरहेका छन् । टुंडिखेलमा भेला हुनुअघि सहरका विभिन्न स्थानबाट झाँकी, र्याली निकालिएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि टुँडिखेल पुगेर तमु ल्होसार पर्वका अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका छन् ।
सरकारले तमु ल्होसार पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ भने राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्डलगायत राजनीतिक दलका शीर्षनेताले शुभकामना दिएका छन् ।















Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij