Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

ब्राजिलका फुटबलर पेलेको ८२ बर्षको उमेरमा निधन 

ब्राजिलका फुटबलर पेलेको ८२ बर्षको उमेरमा निधन 

  • 470
    SHARES
  • ब्राजिलका फुटबलर पेलेको ८२ बर्षको उमेरमा निधन 

    काठमाडाैं । ब्राजिलका महान् फुटबलर पेलेको ८२ बर्षको उमेरमा निधन भएको छ । अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचारकाे क्रममा उनकाे निघन भएकाे हाे। 

    उनकी छोरी केली नासिमेन्टोले सामाजिक सञ्जालमार्फत पेलेकाे आत्माकाे शान्तिकाे कामना गरेकी छिन। उनले लेखेकी छिन, ‘हामी तपाईंलाई असीम माया गर्छौं। आत्माले शान्ति पाओस्।’

    नोभेम्बरको अन्त्यमा श्वासप्रश्वासको संक्रमण र पेटको क्यान्सरसँग सम्बन्धित जटिलताका कारण उनी साओ पाउलोको अस्पतालमा भर्ना भएका थिए। गत हप्ता अस्पतालले उनको क्यान्सर बढ्दै गएपछि उनको स्वास्थ्य बिग्रिएको बताएको थियो।

    ६० वर्षभन्दा बढी समय फुटबल खेलेका पेलेले तीनवटा विश्वकप जितेर खेलकुदको पहिलो विश्वव्यापी आइकन बनेका हुन। उनले खेलेका चार विश्वकप मध्ये तीनवटामा जित हात पारेका छन।

  • सम्बन्धित विषय:

  • # पेले

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij