Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

शुक्रबारदेखि बैतडीमा टी-१० क्रिकेट प्रतियोगिता हुने

शुक्रबारदेखि बैतडीमा टी-१० क्रिकेट प्रतियोगिता हुने

  • 288
    SHARES
  • शुक्रबारदेखि बैतडीमा टी-१० क्रिकेट प्रतियोगिता हुने

    बैतडी । बैतडीमा आगामी शुक्रबारदेखि टी-१० क्रिकेट प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता दशरथचन्द नगरपालिका-११ बगलेखानको खेल मैदानमा हुनेछ ।

    नागार्जुन रणसैनी युवा क्लब बठ्ठाद्वारा आयोजना गरिएको १५औँ संस्करणको टी-१० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको क्लबका बरिष्ठ सल्लाहकार श्यामबहादुर चन्दले जानकारी दिए ।

    प्रतियोगिताको विजेता टोलीले २५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेता टोलीलाई १५ हजार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । गत संस्करणको टी-१० क्रिकेट प्रतियोगिताको उपाधि कैलपाल क्रिकेट क्लबले जितेको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij