Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

गृहमन्त्री खाणद्वारा क्रिसमसको शुभकामना 

गृहमन्त्री खाणद्वारा क्रिसमसको शुभकामना 

  • 461
    SHARES
  • गृहमन्त्री खाणद्वारा क्रिसमसको शुभकामना 

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले इसाई धर्मावलम्बीहरूको महान चाड क्रिसमसको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् ।

    आज एक शुभकामना सन्देशमार्फत् गृहमन्त्री खाणले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बीहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, सम्वृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् ।

    नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको र विविधतायुक्त सबै जाति, भाषा, धर्म, समूदाय र संस्कृतिको संरक्षण गर्न तथा तिनीहरूको प्रवर्द्धन गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij