वेबटिभी खबर
काठमाडौं । विपक्षी गठबन्धनहरुले सर्वोच्च अदालतमा दार्ता गर्ने तयारी गरिएको रिट आइतबार दर्ता नहुने भएको छ । सर्वोच्च अदालतले दिउँसो ३ बजेपछि रिट नलिने भएकाले दर्ता नहुने भएको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषित गर्न परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने विपक्षी गठबन्धनको तयारी नपुगेपछि आइतबार (आज) दर्ता नहुने भएको हो ।
सबै दलहरुले आफ्नो दलका सांसदलाई खबर गर्ने भनिए पनि एमालेको माधव नेपालपक्षका सबै सांसदहरू नआएपछि हस्ताक्षर संकलन पुरा नभएको हो । सांसदहरुसँग छलफल भइरहेको र शीर्ष नेताले कानुन व्यवसायीहरूसँग छलफल गरिरहेकाले आज ढिला भएको नेपालपक्षका सांसद सोमप्रसाद पाण्डेले जानकारी दिए ।
सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणाविरुद्ध करिब २० वटा रिट पुगे भेला भए आइतबार कुनै पनि दर्ता नभएको सर्वोच्च प्रशासनले जनाएको छ । यसैबीच रिट दर्ता गर्न पुगेका विपक्षी गठबन्धनका शीर्ष नेता पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूहरुसँग १ सय ४९ जना सांसद रहेको दाबी गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij