Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

खुमलटार पुगेर विमलेन्द्रले भने, ‘कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति छाड्न सक्दैन’

खुमलटार पुगेर विमलेन्द्रले भने, ‘कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति छाड्न सक्दैन’

  • 483
    SHARES
  • खुमलटार पुगेर विमलेन्द्रले भने, ‘कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति छाड्न सक्दैन’

    काठमाडौं । सरकार गठनको अन्तिम समयमा राजनीतिक दलहरू आन्तरिक छलफलमा जुटेका छन् । कांग्रेस नेताहरू बालुवाटारमा छलफलमा जुटिरहँदा माओवादी केन्द्रका नेताहरू अध्यक्ष प्रचण्डको निवासमा छलफलमा छन् । 

     खुमलटारमा माओवादी पदाधिकारी बैठक चलिरहेका बेला कांग्रेस नेता विमलेन्द्र निधि खुमलटार पुगेर अध्यक्ष प्रचण्डसँग छलफल गरेका छन् । प्रचण्डसँगको छलफलमा नेता निधिले गठबन्धन कायम राख्न पनि सहमति जरुरी रहेको भन्दै विकल्प नसोच्न आग्रह गरेका छन् । त्यस क्रममा  निधिले प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले छोड्न नसक्ने बताएका थिए । 

    ‘कांग्रेसको बटमलाइन प्रधानमन्त्री र राष्ट्रपति हो । यसमा तपाई सहमतिमा आउनुपर्‍यो’, निधिको भनाइ थियो । जवाफमा प्रचण्डले यदि त्यस्तो हो भने गठबन्धन टुट्ने सक्ने भन्दै विकल्प खोज्न बाध्य हुने बताएका छन् । 

    ‘कांग्रेसलाई प्रधानमन्त्री र राष्ट्रपति दिन गठबन्धन गर्न अव आवश्यक छैन । त्यो अवस्थामा हामी विकल्प खोज्छौँ, ’ प्रचण्डले निधिलाई दिएको जवाफ उद्धृत गर्दै नेता शक्ति बस्नेतले भने, ‘तैपनि फाइनल कुरा गर्न अध्यक्ष बालुवाटार जाँदै हुनुहुन्छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij