Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

बाग्मती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखला आइतबारबाट सुरु हुने

बाग्मती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखला आइतबारबाट सुरु हुने

  • 262
    SHARES
  • बाग्मती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखला आइतबारबाट सुरु हुने

    काठमाडौ‌ । प्रदेश खेलकुद विकास परिषद्, बाग्मती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बाग्मती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा बाग्मती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखला आइतबारदेखि सुरु हुँदैछ ।

    श्रृंखलामा नवौं राष्ट्रिय खेलकुदमा सहभागी बाग्मती प्रदेशको महिला टोली र हङकङ क्रिकेटको महिला टिमबीच दुई फर्म्याटको चार मैत्रीपूर्ण खेल खेलाइने छ ।

    दुई खेल ४० ओभरको हुनेछ भने बाँकी २ खेल टी- २० हुने परिषद्का सदस्य-सचिव सूर्यलाल भण्डारीले जनाएका छन् । मुलपानी क्रिकेट मैदानमा श्रृंखलाअन्तर्गत डिसेम्बर २५ र २६ तारिखमा ४० ओभरको खेल खेलाइने छ । डिसेम्बर २७ र २९ तारिखमा टी- २० खेल हुनेछ ।

    बागमती प्रदेशको महिला टिमले नवौं राष्ट्रिय खेलकुदमा कांस्य पदक जितेको थियो । हङकङको टिममा राष्ट्रिय टिमकी कप्तान क्यारी चेनसहित राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका अन्य ६ खेलाडी रहेको आयोजकले जनाएको  छ ।

    नेपालमा महिला क्रिकेटको सम्भावना, अन्तर्राष्ट्रिय स्तरमा बढ्दो लोकप्रियता तथा क्रिकेटको विकास र प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले श्रृंखला आयोजना गर्न लागिएको सदस्य-सचिव भण्डारीले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij