Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

चीनमा अत्यधिक चिसोले म्याराथनमा सहभागी २१ धावकको मृत्यु 

चीनमा अत्यधिक चिसोले म्याराथनमा सहभागी २१ धावकको मृत्यु 

  • 573
    SHARES
  • चीनमा अत्यधिक चिसोले म्याराथनमा सहभागी २१ धावकको मृत्यु 

    गान्सु । चीनको उत्तरपश्चिमी गान्सु प्रान्तमा अल्ट्राम्याराथनको समयमा मौसम बिग्रिँदा कम्तिमा २१ धावकको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । शनिबार दिउँसो १२ बजेपछि येलो रिभर स्टोन फरेस्टमा आयोजित १०० किलोमिटर क्रस कन्ट्री प्रतियोगिताका वेला अचानक तीव्र वेगको हावासहित कठ्याङ्ग्रिने गरी वर्षा, असिना परेर तापक्रम ह्वात्तै घटेको थियो ।

    उक्त दौडमा १७२ धावक सहभागी थिए । तर तीमध्ये केही हराएपछि प्रतियोगिता रोकेर खोजी तथा उद्धारका लागि टोली परिचालन गरिएको थियो। सहभागीमध्ये एक सय ५१ जना जीवितै भेटिएका छन्, र आठ जना घाइते छन् । उद्धारमा १२ सय जना मानिस परिचालन गरिएको थियो ।

    राति पहाडी क्षेत्रमा तापक्रम घटेपछि खोजी कार्य कठिन भएको बाइयिन नगरका प्रमुख झाङ सुचेनले बताएको अलजजिराले उल्लेख गरेको छ । बाढी र पहिरोको जोखिममा रहेको गान्सु मंगोलियासँग सीमा जोडिएको चीनको कम विकसित प्रान्त हो । त्यहाँ ढुंगाका आकर्षक स्तम्भहरुका कारण ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको येलो रिभर स्टोन फरेस्टे पर्यटकका लागि आकर्षणको केन्द्र हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij