वेबटिभी खबर
काठमाडौं । भन्सार विभागले कोभिड-१९ को रोकथाम र उपचारसगँ सम्बन्धित मालवस्तु शीघ्र जाँचपास कार्यविधि, २०७८ कार्यान्वयन जारी गरी कार्यान्वयनमा ल्याएको छ ।
नेपालमा कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि सरकारको निर्देशनपछि भन्सार विभागले कोभिड-१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बद्ध २१ प्रकारका स्वास्थ्य सामग्री, उपकरण र औषधिको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता दिएर छिटो र छरितो बनाउन उक्त कार्यविधि कार्यान्वयनमा ल्याएको हो ।
विभागले कोभिड-१९ को रोकथाम तथा उपचारका लागि आवश्यक पर्ने अत्यावश्यक मालवस्तुको पैठारीमा सहजीकरण गरी शीघ्र भन्सार जाँचपास गर्ने व्यवस्था लागू भइसकेको बताएको छ ।
यसअघि अर्थमन्त्री विष्णुप्रसाद पौडलले भन्सार विभागका महानिर्देशक, उपमहानिर्देशक, विभिन्न भन्सार कार्यालयका प्रमुखहरूलाईकोभिड-१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बद्ध स्वास्थ्य सामग्री, उपकरण र औषधिको भन्सार जाँचपासलाई प्राथमिकताका साथ छिटो र छरितो बनाउन निर्देशन दिएका थिए ।
जसअनुसार यो कार्यविधि लागू भएपछि सरकार, प्रदेश, स्थानीय तह, गैरसकारी संस्था, निजीक्षेत्रले आयात गर्ने लिक्वीड अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट र त्यसका पार्टपुर्जालगायत सामग्री विना झन्झट भन्सार जाँचपास गरी पैठारी गर्न थप सहज हुने छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij