Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

गाँजा बोकेको ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

गाँजा बोकेको ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

  • 350
    SHARES
  • गाँजा बोकेको ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

    पर्सा । पर्साको ठोरी गाउँपालिका–३ स्थित ठुटेखोला इलाकाबाट सोमबार सशस्त्र प्रहरीले करीब ३ सय ६३ के.जी. गाँजा र सो गाँजा बोकेको ट्रक नियन्त्रणमा लिएको छ ।

    सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको विशेष सूचनाको आधारमा बिओपी ठोरीले मकवानपुरको हेँटौडाबाट पर्साको विजय बस्तीतर्फ जाँदै गरेको ना ४ ख ६५५५ नम्बरको ट्रकमा फल्स वटन बनाई २२ वटा कार्टुनमा प्याक गरी लैजाँदै गरेको अवस्थामा गाँजा र ट्रक नियन्त्रणमा लिएको हो । 

    उक्त ट्रकका चालक सशस्त्र प्रहरीलाई देख्नासाथ ट्रक सोही ठाउँमा छाडी फरार भएका थिए ।

    बरामद गाँजा तथा ट्रक आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij