वेबटिभी खबर
काठमाडौं । चितवनमा विवाह भोज खाएका पाँच सय जना एकसाथ बिरामी परेका छन्। भरतपुरस्थित चितवन गार्डेन रिसार्ट (सिजिआर)मा गत २३ गते बिहेभोज खाएका उनीहरू बिरामी परेका हुन्। बिरामी भएकामध्ये ३० जना भन्दा बढी उपचारका लागि नेशनल सिटी अस्पतालमा भर्ना भएका छन्।
अस्पतालका प्रबन्ध निर्देशक विक्रम अधिकारीले एउटै भोजमा सहभागी ६५ जना अस्पताल आइपुगेको बताए।
‘एउटै भोजमा सहभागी भएर पखला, वान्ता, ज्वरो आएका बिरामीहरु अस्पताल आउने उपचार गर्ने जाने क्रम अहिले पनि चलिरहेको छ,’ अधिकारीले भने, ‘फुड पोइजनका कारण बिरामी परेको हुनसक्छ। त्यहीअनुसार उपचार भइरहेको छ।’
भोजमा पाँच सय जना भन्दा बढीले खाना खाएकामा अधिकांश बिरामी परेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij