Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

सर्लाहीको चक्रघट्टा गाउँपालिकाका तत्कालीन अध्यक्ष यादवसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

सर्लाहीको चक्रघट्टा गाउँपालिकाका तत्कालीन अध्यक्ष यादवसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

  • 425
    SHARES
  • सर्लाहीको चक्रघट्टा गाउँपालिकाका तत्कालीन अध्यक्ष यादवसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

    सर्लाही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चक्रघट्टा गाउँपालिकाका तत्कालीन अध्यक्ष विक्रम यादवसहित ११ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचासम्बन्धी मुद्दा दायर गरेको छ ।

    चक्रघट्टा गाउँपालिका वडा नम्बर ४, सुन्दरपुरस्थित वहिदको जग्गादेखि ढङ्ग्रा खोलासम्म पक्की नाला निर्माणमा गुणस्तरहीन कार्य गरी रकम अनिमियतता गरेको उजुरीको अनुस्न्धान गर्दा संलग्न देखिएपछि उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

    चक्रघट्टा गाउँपालिकाका तत्कालीन अध्यक्ष विक्रम यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर, वडा अध्यक्ष, गाउँ कार्यपालिका सदस्यहरू, उपभोक्ता समितिका अध्यक्षसमेत ११ जनाले भ्रष्टाचार गरेको उजुरी अख्तियारमा परेको थियो ।

    ‘जिल्ला सर्लाही चक्रघट्टा गाउँपालिका वडा नं.४, सुन्दरपुरस्थित वहिदको जग्गादेखि ढङ्ग्रा खोलासम्म पक्की नाला निर्माण गर्ने कार्यमा गुणस्तरहीन कार्य गरी रकम अनिमियतता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उक्त कार्यमा संलग्न देहायका प्रतिवादीहरू उपर देहाय बमोजिमको सजायको मागदाबी लिई अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवम् भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,’ अख्तियार प्रवक्ता भण्डारीले भने ।

  • सम्बन्धित विषय:

  • # सर्लाही

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij