Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

भक्तपुरमा नेमकिपाको विजय र्‍याली आज दिनभर

भक्तपुरमा नेमकिपाको विजय र्‍याली आज दिनभर

  • 334
    SHARES
  • भक्तपुरमा नेमकिपाको विजय र्‍याली आज दिनभर

    भक्तपुर । भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले मतदाताहरूलाई धन्यवाद दिन र विजय उत्सव मनाउन आज दिनभर र्‍याली चलाउन भएको छ । पार्टी केन्द्रीय कार्यालय गोल्मढी भक्तपुरबाट शनिबार दिउँसो साढे ११ बजेबाट जुलुश  निस्केको छ ।

    जुलुशले भक्तपुर नगर परिक्रमा गर्ने जनाइएको छ । गोल्मढीबाट सुरू भएको जुलुश सुकुलढोका, टौमढी, गहिटी, नासमना, सिद्धपोखरी हुँंदै दरवार स्क्वायरमा पुग्नेछ ।

    त्यहाँबाट पुनः चोछें, भुलाछें, महालक्ष्मी, कमलविनायक, च्याम्हासिंह, सूर्यमढी, दतात्रय हुँंदै पुनः पार्टी केन्द्रीय कार्यालय गोल्मढीमा पुने कार्यक्रम छ । नगर परिक्रमा गर्न दिनभर लाग्ने जनाइएको छ ।

    पार्टीको धन्यवाद ज्ञापन कार्यक्रम शुक्रबारदेखि सुरु भएको हो । यो कार्यक्रम चार दिनसम्म चल्नेछ । पहिलो दिन भक्तपुर क्षेत्र नम्बर १ चाँंगुनगर नगरपालिकाको ताथली र सुडालमा धन्यवाद ज्ञापन गरिएको थियो ।

    शनिबार भक्तपुर नगरभरि गर्ने कार्यक्रम तय गरिएको छ । भोलि आइतबार र पर्सी फेरि चाँगुनारायण नगरपालिका क्षेत्रमा धन्यवाद ज्ञापन कार्यक्रम राखिएको छ । भक्तपुर १ मा पार्टीका प्रेम सुवाल ४२ हजार सात सय ६० मतका साथ विजयी भएका थिए ।

    यहाँ एमालेका नवराज गेलालले ११ हजार नौ सय ५८, हलोले नौै हजार तीन सय तीन र सतारुढ कांग्रेससहितको सतागठबन्धनकोतर्फबाट माओवादीका सुनिल गोठेले पाँच हजार दुई सय ८३ मत पाएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij