Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

सर्लाही-१ मा गठबन्धनका चौधरी विजयी

सर्लाही-१ मा गठबन्धनका चौधरी विजयी

  • 296
    SHARES
  • सर्लाही-१ मा गठबन्धनका चौधरी विजयी

    सर्लाही । सर्लाही निर्वाचन क्षेत्रनम्बर-१ मा वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रामप्रकाश चौधरी विजयी भएका छन् ।

    उनले स्वतन्त्र उम्मेदवार मानबहादुर खड्कालाई पराजित गरेका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाल प्रहरीका पूर्वप्रहरी निरीक्षकसमेत रहेका चौधरीले २४ हजार ८३८ मत पाउँदा खड्काले १८ हजार ४०४ मत प्राप्त गरेका थिए ।

    चौधरीले खड्काभन्दा ६ हजार ४३४ बढी मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । सर्लाही-१ बाट प्रतिनिधिसभातर्फ चौधरीसहित १० जना चुनावी मैदानमा रहेका थिए ।

    तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता सोही क्षेत्रका निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेका प्रमोद साहले १४ हजार २५५ मत प्राप्त गरेका छन् ।

    चार प्रतिनिधिसभा क्षेत्र रहेको जिल्लामा अन्य क्षेत्रको मतगणना जारी रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij