Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

भक्तपुर- १ (ख)बाट प्रदेश सभामा नेमकिपाका उम्मेदवार विजयी

भक्तपुर- १ (ख)बाट प्रदेश सभामा नेमकिपाका उम्मेदवार विजयी

  • 378
    SHARES
  • भक्तपुर- १ (ख)बाट प्रदेश सभामा नेमकिपाका उम्मेदवार विजयी

    भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्रनम्बर-१ (ख)बाट प्रदेशसभा सदस्यमा नेपाल मजदूर किसान पार्टीका सुरेन्द्रराज गोसाइँ विजयी भएका छन् ।

    खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको बैठक कक्षमा आज सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार गोसाइँले २९ हजार ७०४ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकातर्फबाट  नेपाली कांग्रेसका पवन भुजुले ३ हजार १६१ मत प्राप्त गरेका छन् ।

    मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाका अनुसार एमालेका नारायणसुन्दर सिन्तकलाले २ हजार ४२८, राप्रपाका रोशन नापितले १ हजार ९०५ मत प्राप्त गरेका छन् । समानुपातिकतर्फको मतगणना भने जारी छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij